लिजेन्ड कप टी–१० क्रिकेटको फाइनलमा रेस्ट अफ नेपाल र पारश खड्काको टिम खेल्ने
काठमाडौं । लिजेन्ड कप टी–१० क्रिकेटको फाइनलमा रेस्ट अफ नेपाल र २०१४ विश्वकप टिम खेल्ने भएका छन् ।
पहिलो खेलमा १९९६ लेजेन्डलाई ५ विकेट पराजित गर्दै २०१४ विश्वकप टिम फाइनलमा पुग्दा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाईलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देही लिजेन्ड्स १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।
सन्जय श्रेष्ठले २०, लालबहादुर अधिकारीले १९ र सन्जिव जोशीले १० रन जोडे पनि जितका लागि प्रयाप्त हुन सकेन । बलिङमा रेस्ट अफ नेपालका लक्पा लामा र राजु बस्न्यातले एकएक विकेट लिए ।
यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।
रेस्ट अफ नेपालका लागी विकाश डलिले २१, दीपेन्द्र चौधरी १९, पारस लुनिया १४ र राजु बस्न्यातले १० रनको योगदान दिएका थिए ।
बलिङमा रुपन्देही लिजेन्ड्सका सुशन मन श्रेष्ठले ३, हरि थापा, कृशन कुवर र पुनित पोख्रेलले एक(एक विकेट लिए ।
Comments
अरु समाचार
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत...
-
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।...
-
एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर...
-
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले...
-
महिला यू-१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार...
-
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। ...
-
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क...
-
सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
काठमाडौं । सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’...