ताजा समाचार

जब जोन सिना नांगिएर ओस्कारको मञ्चमा पुगे

काठमाडाैँ । डब्लुडब्लुइका चर्चित रेस्लर जोन सेना ओस्कार अर्वाडको स्टेजमा नाङ्गै पुगेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थियटरमा गएराति सम्पन्न ओस्कार अवार्ड समारोहमा सिना नाङ्गै उपस्थित भएको बताइन्छ ।

कार्यक्रम सञ्चालकले उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड पुअर थिङ्सलाई प्रदान गर्न सिनालाई स्टेजमा बोलाएका थिए । तर जब सिना स्टेजमा पुगे, तब खचाखच भएिको दर्शक दीर्घाबाट हाँसोको फोहोरा छुट्यो ।

उनी निर्वस्त्र स्टेजमा पुगेका थिए । सञ्चालकले सिनालाई व्यंग्य गर्दै सोधे, ‘तपाईहरु रेस्लिङको क्रममा नाङ्गै भिड्नुहुन्छ ?’

उनले हाँस्दै भने, ‘होइन, होइन । कपडा एकदम महत्वपूर्ण छ । सायद सबैभन्दा बढी महत्वपूर्ण नै कपडा हो ।’ त्यसपछि आयोजकले उनलाई एउटा पर्दा दिए । सोही पर्दाले सिनाले आफ्नो शरीर ढाकेका थिए ।

यस वर्षको ओस्कार फिल्म अवार्ड ओपनहाइमरले जितेको छ । यसका लेखक काइ वर्ड अघिल्लो महिना पोखरामा सम्पन्न सूर्यगाथा नेपाल साहित्य महोत्सवमा भाग लिन नेपाल आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org