ताजा समाचार

‘आईसीसी’ का अध्यक्ष ग्रेग बार्क मार्च १८ मा नेपाल भ्रमणमा आउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्क मार्च १८ मा नेपाल भ्रमणमा आउने भएका छन् । उनी मार्च २१ सम्म नेपालमा रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल भ्रमणका क्रममा बार्कले त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा औपचारिक भ्रमण गर्नेछन् ।

उनले क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग आधिकारिक बैठक गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

बार्कको भ्रमणले आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्न सहयोग पुग्ने क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org