ताजा समाचार

भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेशको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

उर्लाबारी । भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। मोरङको उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट उर्लाबारीका चन्द्रबहादुर भट्टराई (भरत)को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मणिन्द्र भट्टराई सुनसरी, ओमप्रकाश भट्टराई झापा, महिला उपाध्यक्षमा रेनुका भट्टराई तेह्रथुम, सचिवमा चन्द्रप्रसाद भट्टराई मोरङ, सहसचिवमा भिमबाबु भट्टराई झापा र कोषाध्यक्षमा शिवप्रसाद भट्टराई मोरङ चयन भएका छन् ।

भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका तीन सय प्रतिनिधिको उपस्थिति रहेको थियो । सो अवसरमा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org