नेपाल आइपुगे आईसीसीका अध्यक्ष बार्कले
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेले नेपाल आइपुगेका छन् ।
उनी सोमबार भारतको नयाँदिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको बताए । तीनदिने भ्रमणका क्रममा आईसीसी अध्यक्ष बार्कलेले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्नेछन् । उनले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् ।
विमानस्थलमा उनले नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राखेका थिए । लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आईसीसीको अध्यक्ष बनेका थिए
Comments
अरु समाचार
-
साफ महिला च्याम्पियनसिप, २०२४: भूटानले श्रीलङ्कालाई हरायो
काठमाडौं । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ...
-
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा...
-
टी–२० आई सिरिज : आशिफले अमेरिकाविरुद्ध अर्धशतक बनाए
काठमाडौं । टी–२० आई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् । ३९ बलको सामना...
-
साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित...
-
अमेरिका विरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं । अमेरिकामा जारि आईसिसि टि–२० सिरिजमा अमेरिकालाई एक खेल अगावै नेपालले उपाधि जितेको छ । टस जितेर पहिला ब्याटिङ...
-
नेपाल–अमेरिका टी–२० सिरिजः दोस्रो खेल खेल्दै नेपाल
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने...
-
महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटानबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु...
-
पहिलो टी–२०आईमा अमेरिकामाथि नेपालको १७ रनको जित
काठमाडौं । नेपालले पहिलो टी–२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...