ताजा समाचार

ओली भेट्न प्रकाण्डलाई लिएर बालकाेट पुगे विप्लव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो ।

छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लाे समय कम्युनिष्ट घटकबीच एकताकाे सम्भावनासम्बन्धी चर्चाबीच याे भेटलाई अर्थपूर्णरूपमा लिइएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org