इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् ।
यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् ।
उमेदवारका पक्षमा समर्थन गर्न अपिल गर्ने निर्णय पनि गरिएको ज्ञवालीले बताए । आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
Comments
अरु समाचार
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। युनाइटेड अरब इमिरिटेस...
-
बन्धक रिहा नगरे गाजामा भीषण हमला गर्ने चेतावनी
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने...
-
जेठमा गरिने सगरमाथा संवादमा भारत र चीनका प्रधानमन्त्रीलाई निम्तो
काठमाडौं । जेठ पहिलो साता आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण...
-
बालेनले भने- न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार...