आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म किमाथांकामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ
संखुवासभा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे ।
कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन समेत गरे। मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेस गरेका थिए ।
राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५र६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो ।
भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।
Comments
अरु समाचार
-
सेयर बजार परिसूचकमा सामान्य वृद्धि
काठमाडौं । आज बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा १.८६ अंक बढेर २६८५ अंकमा कायम भएको छ। आज परिसूचकमा सामान्य...
-
सुनको मूल्यमा उच्च गिरावट
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो ।...
-
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको...
-
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
काठमाडौं । पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ।...
-
काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने
काठमाडौं । आगामी १७ फागुन (१ मार्च) का दिन काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ । धनयोगा फाउन्डेसनको आयोजनामा...
-
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द
सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय...
-
सुनको मूल्य बढेको बढ्यै
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी...
-
‘त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान ठेक्का सम्झौता बदनियतपूर्ण’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा फ्लड लाइट जडानसम्बन्धी ठेक्का सम्झौता बदनियतपूर्ण भएको खुलासा भएको छ । युरोप...