मन्त्री क्वार्टरमा भीमकान्त मख्ख
काठमाडौं । एक्लै ठमठमी हिँड्न नसक्ने , दैनिक आठ किसिमका औषधीको सहारमा बाँचेको जीवनलाइ कष्टमाथि कष्ट थपिएको छ । सन्दर्भ कृष्णबहादुर महाराको हो, जो अहिले सुन प्रकरणमा प्रक्राउ परी उपचारका निम्ति नर्भिक अस्पताल भर्ना गरिएका छन् । महरा र उनका छोरा राहुले आफूलाई फलफूल व्यापारी भनी चिनाउने वाङ दावाजिनले होङसी र हवासिन सिमेन्ट फ्याक्ट्रीमा कार्यरत साथिहरुका निम्ति ल्याएको विद्युतीय चुरोट भन्सार अड्काइदियो, तपाईहरु निकट त्यहाँका हाकिम अरुण पोखरेललाई भनेर छुटाइदिनु पर्यो धनी ढाँट्दौ, छल्दै गरेको अनुरोध पत्याएको भरमा पटक पटक फोन गरेका थिए ।
त्यहि फोनले महारालाइ कष्टमाथि कष्ट दिएको हो । यसअघि छोरा राहुल पक्राउ परिसकेका थिए । वकिल लगाएर र धरौटी बुझाएर उनलाइ छिटो छुटाउन महरा केहि समयअघि दाङ गए । मुद्दा लड्न पैसा चाहिन्छ । उनी पैसाकौ खोजिमा दाङ पुगेका थिए । तर, आफैंले गुन लगाएका व्यपारीहरुले समेत पत्ताएनन् । त्यसपछि काठमाडौं फर्किए । सरकार फरियो नयाँ गृहमन्त्री आए । छोरा छुटाउने चिन्तामा रहेका महरालाई तुरुन्त समात्नु भनी नयाँ गृहमन्त्रीले आदेश दिए । फरी पनि महरा पैसा खोज्न रोल्पा र दाङतिरै जाने भनी हिँडेका थिए, तर कपिलवस्तुमा समातिए ।
पक्राउ पर्नु ३ दिनअघि पेरिसडाँडास्थित पार्टी मुख्यालयमा देखिएका थिए , हिँड्नै नसक्ने अवस्थामा । उनी कार्यलयबाट निस्किएको देखेर ड्राइभरले वरै गाडी ल्याए । त्यसपछि पिएसओले खुटा उचाल्दिए, अनि गाडीमा चढे । कुनै बेलाको भरभराउँदो अनुहार त्यसदिन कागती निचारेजस्तो थियो । कारण हो, भर्खरै ग्ल्याण्ड टिबीको अपरेशन हुनु । टिबीको औषधी खाएपछी शरीर फरक किसिमले घट्दै थियो ।
विडम्बना, उही काण्ड लागेका नायब सुब्बा भीमकान्त भण्डारी अर्थमन्त्रीको क्वाटर्मा खानपिन गर्दै थिए । पार्टी उपध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको हातमा भने हत्कडी लगाइँदै थियो । यहि काण्डमा आरोपित र माओवादी ४ मन्त्रीका पिए भीमकान्त भण्डारीलाइ जनआस्थाले महरा समातिएको दुई दिनअघि, अर्थात् शनिबार पुल्चोकस्थित अर्थ मन्त्री वर्षमान पुनको निवासमा देखेको थियो ।
उनी ओनसरी घर्तीका निम्ति केही सामान लिएर गएका थिए । मन्त्री सँग एकछिन गोप्य वार्ता पनि गर्न भ्याए । छोरा समातिएपछि घरको कचकचले महरा यसै पनि दिक्दार थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग छोरा र आफुलाइ सुनकाण्डमा नफसाइदिन सहयोग मागिरहेका थिए । तर, कुनै सहयोग पाएनन्, बरु छोरा राहुल समातिए । हिजो आफु सत्तामा हुँदा पार्टी र प्रचण्डलाइ सफल बनाउने नै महराहरु हुन् । आज आफू कमजोर हुँदा उनै प्रचण्डले वास्ता गरेनन् । त्यसमाथि छोरा समातिएपछि त बोलचाल पनि कमै थियो ।
Comments
अरु समाचार
-
नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने
काटाडौं । त्रिभुवन विश्वविद्यालयले गत चैत पाँच गते देशैभरिका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गरेको...
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...
-
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महा अभियोग लगाउन अस्वीकार
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...