ताजा समाचार

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org