माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि, पाँचलाख बढी विद्यार्थी सहभागी
काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानमा पनि एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
बोर्डले यसपटकबाट परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरेको छ । बोर्डले यस वर्षको परीक्षामा लेटर ग्रडिङ निर्देशिका २०७८ लागू गरेको छ । यो प्रणाली अन्तर्गत विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने छ ।
परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । उनीहरुले पुनः मौका परीक्षा दिनुपर्ने छ । विगतका वर्षमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याए पुग्ने प्रावधान थियो । परीक्षा चैत २७ गतेसम्म चल्नेछ ।
Comments
अरु समाचार
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...