ताजा समाचार

इन्डियन प्रिमियर लिग : लखनउको दोस्रो जित

काठमाडाैँ  । इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित निकाल्दा पञ्जाब किंग्सले भने तेस्रो खेलमा दोस्रो हार भोगेको छ।

शनिबार राति भएको खेलमा लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ७८ रनमा समेटियो।

टस जितेर पहिले ब्याटिङ गरेको लखनउका लागि क्विन्टन डीककले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान निकोलस पुरनले २१ बलमा ४२ रनको विष्फोटक इनिङ खेले।

त्यस्तै, २२ बलमा ४३ रन बनाएका कुर्न पाण्ड्या अविजित रहे। थप दोहोरो स्कोरका रूपमा मार्कुस स्टोइनिस १९ रन बनाउँदा केएल राहुलले १५ रन बनाए। पञ्जावका लागि साम करनले ३ विकेट लिँदा अर्शदीप सिंहले २ तथा कागिसो रबडा र राहुल चहरले समान १-१ विकेट लिए।

२ सय रनको लक्ष्य पछ्याएको पञ्जावले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रमले रन जोड्न नसक्दा पराजित भयो। शिखर धवनले ७० रन बनाउँदा जोनी ब्यारिस्टोले ४२ रन बनाए। पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए।

त्यसपछि क्रिजमा आएका प्रभसिम्रन सिंहले १९ रन बनाउँदा लियम लिभिङस्टोनले २८ रनको नटआउट इनिङ खेलेका थिए। पञ्जाबसमक्ष कसिलो बलिङ गर्ने क्रममा आइपिएलमा डेब्यु गरेका मंयक यादवले ३ विकेट लिए भने मोचसिन खानले २ विकेट हात पारेका थिए।

आइपिएलअन्तर्गत आज डबल हेडर खेलहरू हुँदैछन्। जसमा पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा हुँदा अर्को खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सपुर किंग्सबीच राति ७:४५ मा खेल हुने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org