ताजा समाचार

आयरल्यान्ड वुल्भ्समाथि नेपाल एको रोमाञ्चक जित

काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड वुल्भ्समाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाली टोली आयरल्यान्ड वुल्भ्सलार्इ ३ रनले विजयी भयो ।

नेपाल एले दिएको २१४ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन जोड्यो ।

ग्यारेथ डिलानीले ६८ र मोर्गन टपिङले ६० रनको योगदान गरे पनि जीतसम्म डोहोर्‍याउन सकेनन् ।

नेपालका विपिन खत्रीले ३ तथा कमलसिंह ऐरी, नारायण जोशी र रसिद खानले १-१ विकेट लिए ।

यसअघि आरिफ शेखको अविजित ९३ रनको मद्दतमा नेपालले २१३ रनको विशाल योगफल तयार पारेको थियो । आरिफका अलावा रसिद खानले २४, कमलसिंह ऐरी र बसिर अहमदले १९ तथा कप्तान विनोद भण्डारीले ११ रन जोडे ।

यससँगै ३ खेलको शृंखला २-१ ले आयरल्यान्डले जितेको छ । अब ३ एकदिवसीय खेलको शृंखला हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org