ताजा समाचार

बाँकेको जडिबुटी गोदाममा आगलागी

काठमाडौं । बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ।

बाहुबली हर्बल उद्योग प्रालिको गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन।

उक्त जडिबुटी गोदाम नेपालगन्जका व्यवसायी राजेश जैनको रहेको बताइएको छ। प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर्दियाका करिब आठवटा दमकल ल्याइएको छ।

स्थानीय बासिन्दा नरेन्द्र ओलीले आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर पनि अर्को गोदाममा आगो लागिरहेको बताए।

गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन्। स्थानीय वासिन्दा र सुरक्षाकर्मी ठूलो संख्यामा भेला भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org