अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको छ ।
अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूमाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन् । अमेरिकामा मात्र यसको प्रयोगकर्ताको सङ्ख्या १७ करोड रहेको छ । आलोचकहरूले टिकटक बेइजिङको अधीनमा रहेको र गलत प्रचार फैलाउने माध्यम भएको बताएका छन् । चीन र कम्पनीले ती दाबीहरूको कडारूपमा खण्डन गरेका छन् ।
कुनै पनि कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन गर्नबाट रोक लगाउन दुर्लभ कदम चाल्न सक्ने उक्त विधेयक प्रतिनिधिसभाले बलियो द्विदलीय (डेमोक्रेट र रिपब्लिकन) समर्थनका साथ पारित गरेको तीन दिनपछि सिनेटले १८ का विरुद्ध ७९ मतले पारित गरेको थियो ।राष्ट्रपति बाइडेनले कानूनमा हस्ताक्षर गर्ने बताउनुभएको छ । उहाँले यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुर्लभ टेलिफोन वार्तामा टिकटकका बारेमा आफ्नो चिन्तालाई दोहोर्याउनुभएको थियो ।
शनिबार सदनमा मतदान भएपछि टिकटकले गुनासो गर्दै कानून निर्माताहरूले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने, ७० लाख व्यवसायलाई ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने प्रतिबन्धित विधेयकलाई अवरोध पार्ने कोसिस गर्नु ‘दुर्भाग्यपूर्ण’ हो भनेको छ ।
विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरहरूबाट बाहिरिनु पर्नेछ ।पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत अमेरिकी अर्थमन्त्रीका रूपमा काम गर्नुभएका स्टिभन मेनुचिनले आफू टिकटकलाई अधिग्रहण गर्न इच्छुक रहेको भन्दै लगानीकर्ताहरूको समूह भेला गर्नुभएको छ ।
टिकटक वर्षौंदेखि अमेरिकी अधिकारीहरूको निशानामा परेको छ । अधिकारीहरूले उक्त प्लेटफर्मले बेइजिङलाई अमेरिकामा यसको प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको बताएका छन् । यद्यपि प्रतिबन्धले मुद्दा चलाउन सक्छ । कांग्रेसले पारित गरेकोे विधेयकले शत्रु मानिएको मुलुकद्वारा नियन्त्रित भएमा अमेरिकी राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा अन्य आवेदनहरू तोक्ने अधिकार दिन्छ ।
सामाजिक सञ्जाल एक्सका अर्बपति मालिक एलन मस्कले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाइएको विरोध गर्दै भन्नुभयो, ‘यस्तो गर्नु वाक र अभिव्यक्ति स्वतन्त्रताको विपरीत हुनेछ ।’
Comments
अरु समाचार
-
जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षित स्थलमा स्थानान्तरण
काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई...
-
रूसमा हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु
काठमाडौं । रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको छ ।...
-
बुध ग्रहमा ठूलो मात्रामा हिरा रहेको वैज्ञानिकहरूको ठहर
काठमाडौं । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।...
-
राहदानी सम्बन्धी समस्या समाधानका लागि विभागको टोली पोर्चुगल जाने
काठमाडौं । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल जाने...
-
बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा उग्र बन्दै, देशभर कर्फ्यू
काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ। आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर...
-
बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु, मारिनेको संख्या ३५ पुग्यो
काठमाडौं । आरक्षण विरोधी आन्दोलन भड्किएर हिंसात्मक बनेपछि बंगलादेशमा देशभर कर्फ्यु लगाइएको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा...
-
प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आगलागी
काठमाडौं। बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् ।बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा...
-
जबरजस्ती नसबन्दी गरिएका पीडितसँग माफी मागे जापानी प्रधानमन्त्री
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जबरजस्ती नसबन्दी गरिएका पीडितहरूसँग माफी मागेका छन्। उनले बुधवार सन् १९४८ देखि १९९६ को...
-
चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु
काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको...