ताजा समाचार

भारतमा आज दोस्रो चरणको मतदान हुँदै

काठमाडौं । भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान बैशाख ७ गते २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा भएको थियो । भारतमा अहिले अत्यधिक गर्मी छ । कतिपय राज्यउमा लु चलिरहेको छ ।

दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यसमा केरलाका २०, कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । त्यसैगरी महाराष्ट्रका ८, मध्यप्रदेशका ६ र बिहार तथा आसाममा ५-५ सीटमा आज मतदान हुनेछ ।

छत्तीसगठ र पश्चिम बंगालका ३-३ सिटमा आज मतदान हुनेछ । जम्मु कस्मिर र त्रिपुराका एक(एक सिटमा दोस्रो चरणको मतदान हुँदैछ । बैशाख ७ देखि सुरु भएको भारतीय लोकसभाको चुनाव ७ चरणमा सकिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org