सहिद लखन थापाको सालिक निर्माण
काठमाडौं । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभयो ।
उहाँले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो । सालिक निर्माणका लागि महानगरले रु ११ लाख ४९ हजार प्रदान गरेको थियो । सालिक निर्माणमा रु १३ लाख खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग व्यहोरेका समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिनुभयो ।
उहाँले सालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना रहेको बताउनुभयो । बरण्डाभार जङ्गल क्षेत्रको २१ बिघा जग्गालाई वनभोजस्थल बनाउन लागेको उहाँले बताउनुभयो । विसं १८९१ मा गोरखाको काहुले भङ्गारमा जन्मनुभएका लखन थापा १९३३ को फागुन २ मा सहिद हुनुभएको हो । सरकारले उहाँलाई २०७३ असोज ३ गते पहिलो सहिद घोषणा गरेको हो ।
Comments
अरु समाचार
-
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होःराष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् ।...
-
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८००...
-
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
काठमाडौं । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी...
-
नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता...
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि सुरु हुने
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने...
-
एसईई परीक्षा चैत ७ गते देखि सुरु (तालिका सहित)
काठमाडौं । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार...