मन्थलीमा अझै फोहर व्यवस्थापन भएन
काठमाडौं । रामेछाप सदरमुकामस्थित मन्थली नगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित गर्नसकेको छैन । नगरपालिकाले विगतदेखि स्थानीय रणजोर खोला दोभान तामकोशी नदी किनारमा फोहर बिसर्जन गर्दै आएको छ । नगरपालिकाले न सो स्थानको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नसकेको छ न त त्यसको विकल्प खोजेको छ ।
स्थानीय विकास श्रेष्ठले कच्चिबाटोका कारण बजारदेखि बिसर्जनस्थलसम्म पुग्दा बाटोमै फोहर खसाल्दै जाने कारणले स्थानीयलाई आवतजावतमा नै समस्या हुने गरेको बताउनुभयो ।’एकातीर बाटोमा खसाल्ने फोहरको दुर्गन्ध र सिसा बिझ्ने समस्या छ । अर्कोतीर फोहर डढाउँदा आउने धुँवाले नजिकैको बस्तीलाई बसिनसक्नु छ । यति हुँदा पनि त्यसको विकल्पबारे ठोस् पहलसमेत भएको छैन’, श्रेष्ठले भन्नुभयो ।
हुन त फोहर व्यवस्थापनका लागि वैकल्पिक उपायबारे चर्चा नभएको पनि होइन । मन्थली नगरपालिका–७ स्थित बडीमुहानमा फोहर बिसर्जनस्थल (डम्पिङ साइट) निर्माण गर्ने भनि आवश्यक प्रक्रियासमेत सुरूभइसकेको थियो । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको थियो तर स्थानीयको विरोधका कारण नागरिक उडड्यन प्राधिकरणले अनुमति नदिँदा थप कार्य अगाडि बढ्न नसकेको नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो । नगरपालिकाले गत पुस २५ गतेको चौधौ नगरसभाबाट छ महिनाभित्र डम्पिङ साइट टुङ्गो लगाउने निर्णयसमेत गरेको श्रेष्ठको भनाइ छ ।
सो निर्णय भएको चार महिना बितिसक्दा पनि कार्यान्वयनको टुङ्गो लाग्नसकेको छैन । स्थानीय पवन रोक्काले भन्नुभयो,’फोहर बिसर्जनका विकल्पबारे पटकपटक कुरा भएका छन् तर कार्यान्वयन भएका छैनन् । बजारभरीको फोहर बस्ती नजिकैको खोलामा फाल्दा र अव्यवस्थितरूपमा फोहर डढाउँदा निकै समस्या भइरहेका भन्दै गुनासो गरे पनि सुनुवाइ भएको छैन ।’
स्थानीय पवित्रा खड्काले पनि फोहर व्यवस्थापनका लागि पटकपटक गुनासो र विरोधगर्दा समेत समस्या समाधानमा ठोस् पहल नभएको गुनासो गर्नुभयो ।
नजिकका बासिन्दालाई त समस्या छ नै, मन्थली बजारको फोहर तामाकोशी नदी किनारमा फाल्ने र फोहर मिसिएको त्यही पानी सोभन्दा तलका नागरिकले प्रयोग गर्ने गरेका छन् । स्थानीय कृष्णबहादुर सार्कीले नदीको तल्लो तटिए क्षेत्रमा बस्ने नागरिकले अनाहकमा समस्याको भागिदार बन्नुपरेकाले चाडै समस्या समाधान गर्न आग्रह गनुृभयो ।
ज्येष्ठ नागरिक सङ्घका अध्यक्षसमेत रहनुभएका स्थानीय नारायणदाश श्रेष्ठ पनि फोहर बिसर्जनस्थलको विकल्प खोज्नुका साथै अब फोहरबाट मोहर बनाउनसक्ने प्रविधिको उपयोगमा समेत जोडदिन अपरिहार्य रहेको बताउनुहुन्छ ।
Comments
अरु समाचार
-
सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च नजाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने...
-
जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका...
-
जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षित स्थलमा स्थानान्तरण
काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई...
-
मौद्रिक नीतिमा बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...