श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि मजदुर वर्गको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएका समस्या समाधान हुन नसकेकाले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी ति समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि श्रमिक वर्गले विगतका गरेका सङ्घर्ष तथा पुर्याएका योगदानको सम्मान गर्न सकेमा मात्रै श्रमिक दिवसको महत्वलाई स्थापित गर्न सकिने पनि उहाँको भनाई छ ।
‘नेपाली श्रमबजारमा रोजगारीको अवसर सिर्जना हुन नसकेकाले प्रत्येक दिन करिब दुई हजार नेपाली मजदुरीका लागि विदेशिन बाध्य रहेका छन् । त्यसैले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी उहाँहरूको आयआर्जनको सुरक्षा, उचित ज्याला एवम् पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित सामाजिक वातावरण सिर्जनामा जोड दिनुपर्ने आवश्यकता छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, श्रमिकको हक, अधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियन सङ्गठनलाई आवश्यक समन्वय र सहकार्य गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।
Comments
अरु समाचार
-
मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
आज मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले सोमबार बस्न नसकेको...
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...
-
अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको आज आरम्भ उद्घोष...
-
सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी...
-
सगरमाथा संवादको तयारी पूरा, १७५ जना विदेशी प्रतिनिधि नेपाल आउने !
काठमाडौं । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...
-
रुस-युक्रेन युद्ध आज ११७४ दिन पूरा: ७३ नेपालीको मृत्यु, ५० जनाको रिपोर्ट आउँन बाँकी
काठमाडौं । २४ फेब्रुअरी २०२२मा सुरु भएको रुस युक्रेन युद्धबिचको युद्ध आज ११७४ दिन पूरा भएको छ । उक्त भयानक...