ताजा समाचार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । इलाममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना हुँदा चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूलका अनुसार बताउनुभयो । भ्यानमा सवार इलाम नगरपालिका–५ का २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापा पठाइएको छ । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org