ताजा समाचार

प्रोपोगान्डाका मास्टर मानिने उत्तर कोरियाका किमको निधन

एजेन्सि। उत्तर कोरियाका पूर्वप्रोपोगान्डा मास्टर किम कि नामको बुधबार ९४ वर्षको उमेरमा निधन भएको छ ।

उनको वृद्ध उमेर र धेरै अंगले काम गर्न छोडेका कारण निधन भएको जनाइएको छ ।  सरकारी सञ्चार माध्यमका अनुसार उनी २०२२ देखि नै उपचार गराइरहेका थिए ।

उनले दशकौँसम्म अधिनायकवादी राष्ट्रमा प्रोपोगान्डा फैलाउन भूमिका खेलेका थिए । उनको बुधबार भएको अन्त्येष्टी कार्यक्रममा उत्तर कोरियाका नेता किम जोङ उन पनि गएका थिए । उनले सो अवसरमा नामलाई ‘भेट्रान’ क्रान्तिकारीको उपमा दिँदै उनी निरन्तर रूपमा शासन प्रणालीप्रति बफादार भएको जनाएका थिए ।

दक्षिण कोरियाको योनहाप न्यूज एजेन्सीले उनलाई नाजी जर्मनीका प्रोपोगान्डा बोस  जोसेफ गोयबल्ससँग तुलना गरेको छ । जसको मन्त्र झुठलाई कैयौँपटक दोहोर्‍याएमा त्यो सत्य हुन्छ भन्ने रहेको थियो ।

उत्तर कोरियाको किम वंशसँग रगतको साइनो भएका किम कि नामलाई पहिलोपटक प्योंगयांग प्रोपोगान्डा एण्ड एजिटेसन डिपार्टमेन्टमा उपनिर्देशकको रूपमा सन् १९६६ मा नियुक्त गरिएको थियो । जहाँ उनी अहिलेका नेताका बाबु किम जोङ द्वितीयसँगै काम गरेका थिए । पछि उनलाई सो विभागको प्रमुख बनाइएको थियो । उनलाई १९७० को दशकमा सरकारी मुखपत्र रोडोङ सिनममको इन्चार्ज समेत बनाइएको थियो ।

उनी पछिल्ला समयमा देशका राष्ट्रिय नाराका लेखकका रूपमा समेत चिनिएका थिए । उनी २०१० को दशकदेखि चाहिँ अवकाशको जीवन जीउँदै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org