ताजा समाचार

मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएका कारण लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताए ।

उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताए । उनले खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रूपले विकास हुन नसकेको बताए । उनले नीतिगत रूपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आबद्धता त्याग्नुपर्ने बताए । उनले संघहरू दलहरू अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताए । उनले दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरूले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको बताए ।

उनले युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरे पनि राम्रो हुने बताए । मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रूपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org