ताजा समाचार

बत्तीसपुतलीमा सडकमै युवकको हत्या, ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको छ ।

मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति हत्या भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

सामान्य विवाद हुँदा बीचबाटोमै चक्कु प्रहार गरेर हत्या गरेको जनाइएको छ ।

घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न १७ वर्ष मुनिका रहेका छन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org