ताजा समाचार

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ ।

बलात्कार मुद्दामा उच्चबाट सफाइ पाएसँगै नेपालका मुख्य खेलाडी सन्दीपले विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । यद्यपि नेपाली क्रिकेट टिम आधिकारिक रूपमा घोषणा भई अमेरिका पुगिसकेको छ । तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले नेपाल क्रिकेट संघले चाहेमा उनलाई अमेरिका पठाउन सक्छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा समूह डीमा छ । नेपाल रहेको सो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड छन् । प्रतियोगिता १ जूनमा सुरु हुनेछ ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org