जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।
Comments
अरु समाचार
-
सर्लाहीमा पूर्व सांसद रायको धारिलो हतियार प्रहार गरी हत्या
काठमाडौं । सर्लाहीमा एकजना पूर्व सांसद रामचन्द्र रायको अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ। घरमा सुतिरहेको अवस्थामा...
-
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६...
-
एक किलो कोकिनसहित २ जना विदेशी पक्राउ
काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक २३ वर्षका...
-
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले...
-
एटिएम फोड्नेक्रममा दुई जना पक्राउ
काठमाडौं । बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् । वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको...
-
आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या, दुईजना पक्राउ
काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
-
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते
काठमाडौं । रामेछाप मन्थली नगरपालिका-७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ। मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीतर्फ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश...
-
भाडाको फ्ल्याटबाट तस्करी-करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो
काठमाडौं । ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक...
-
मकैबारीमा महिलाको शव भेटियो
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकामा मकैबारीमा महिलाको शव भेटिएको छ। हरिपुर नगरपालिका ४ हरैया गाउँका ठागा रायकी ४५ वर्षीया श्रीमती...