देउवा र गगन थापामाथि लगाइएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् ।
गत आइतबार गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । कांग्रेसका महामन्त्री गगन थापालाई कृषि अनुदान दुरुपयोग गरेको, विदेशीलाई सूचना बेचेको आदि आरोप लगाएका थिए ।
मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेसँग समय लिएर कांग्रेस सांसद पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गरे । ‘उहाँ बोल्न उभिनुभएन रोष्ट्रममा, लामो समय बरबराउनुभयो । बरबराउनुमात्रै भएन लाखौं करोडौं मानिसलाई उहाँले बराल्ने काम पनि गर्नुभयो । थुप्रै त्यस्ता विषयहरुको जवाफ हामी आगामी दिनमा दिँदै जानेछौं’, पाण्डेले भनेका छन् ।
पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिए । ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु– के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुस् । छानबिनको समय पनि तोक्नुहोस्’, उनले भनेका छन् ।
छानबिनपछि आउने निष्कर्ष स्वीकार गर्न आफूहरु तयार रहेको उनले बताए । नेता पाण्डेले भने, ‘‘हाम्रो उपसभापति रमहामन्त्री दोषी हुनुभयो भने उपसभापति र महामन्त्री त के कांग्रेसका को कोलाई कारबाही गर्नुपर्छ गर्नुहोस् ।’ गृहमन्त्रीले राष्ट्रको सूचना बेच्ने व्यक्ति संसदमै छन् भनेको भन्दै पाण्डेले त्यो व्यक्ति देखाउन चुनौती दिए ।
‘राष्ट्रिय सूचनाहरु बेच्ने एजेन्टहरु यही सदनमा छन् भन्नुभएको छ । गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्छौं । तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउन, त्यो कामबाट पनि हामी चुक्ने छैनौं’, कांग्रेस सांसद पाण्डेले भने ।
गृहमन्त्रीले लगाएका आरोपहरुमाथि छानबिनका लागि सांसद पाण्डेले सभामुखसमक्ष रुलिङको माग समेत गरेका छन् । पाण्डेले भनेका छन्, ‘उहाँले लगाएका आरोपहरु यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउनलाई सभामुखज्यूको रुलिङ चाहियो । होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म आग्रह गर्न चाहन्छु ।’
Comments
अरु समाचार
-
भैरहवा विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारसम्बन्धी छानबिन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...
-
वाम एकताबारे प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा, के भने ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन' भनेका छन् । सही...
-
सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं...
-
माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा...
-
आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २...