ताजा समाचार

प्रधानन्यायाधीश श्रेष्ठलाई बंगलादेशका प्रधानन्यायाधीशको निम्तो,जेठ २४ गते जाने

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ आगामी जेठ २४ गते बंगलादेश जाने भएका छन् । बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनको निमन्त्रणमा यही २४ देखि २६ सम्म उनी बंगलादेश जान लागेका हुन् । न्यायपरिषद् र न्याय सेवा आयोगको बैठक बस्नु पर्ने बेलामा उनी त्यसतर्फ जान लागेको उच्च स्रोतले जानकारी दिएको छ ।

ओबैदुल हसन बङ्गलादेशको सर्वोच्च अदालतका २४ औं मुख्य न्यायाधीश हुन् । उनी १२ सेप्टेम्बर २०२३ मा मुख्य न्यायाधीशको रूपमा नियुक्त भएका थिए। उनले सन् २०२२ मा बङ्गलादेश निर्वाचन आयोग गठनका लागि गठित जाँचबुझ समितिको अध्यक्षको रूपमा पनि काम गरेका थिए।

दुई देशका प्रधानन्यायाधीशबीच कानुनी विषयमा विचारबिमर्श हुने जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org