सडक विस्तारका क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।
सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा२क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए।
“पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ”, प्रनाउ रिजालले भने। अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छ्याउने कार्य जारी रहेको उनले जानकारी दिए।
Comments
अरु समाचार
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरी चौकी...
-
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत...
-
सासूको हत्या आरोपमा बुहारी पक्राउ
काठमाडौं । सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको...
-
लागूऔषधसहित पक्राउ २ जना पक्राउ
काठमाडौं । कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक...
-
पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...