तराइमा अझ गर्मी महसुस, बागमती र कोसीका केही स्थानमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
आगामी केही दिनसम्म तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ती भूभागमाजेठ १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।
Comments
अरु समाचार
-
पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ ।...
-
प्रदेशहरूको बजेट खर्च निराशाजनक: छ महिनामा १६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा...
-
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो। प्रहरीले आगलागी नियन्त्रणमा...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
आजको राशिफल: २०८१ माघ २६ गते शनिवार
मेष दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। हडबड गर्ने बानीले पनि काम बिग्रन...
-
बैंकिङ क्षेत्रसम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कारबाही गर्न माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका...