विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।
खेल आगामी जुन ६ (जेठ २४ गते) साउदी अरेबीयामा हुने भएको हो । समूह एचमा रहेको नेपाल र युएईबीचको खेल नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय भए पनि एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै खेल खेलाउने अनुमति दिएको थिएन । फलस्वरुप नेपालले आफ्नो घरेलु मैदानमा आफ्ना समर्थकहरुका बिच खेल्न पाउने खेल देशभन्दा बाहिर गएर खेल्नु परेको हो ।
नेपाल र युएई दुवै टिमले अहिले सम्म समान चार खेल खेलि सकेका छन् । चार खेलमध्ये सबैमा जित निकाल्न सफल युएई समुहको सिर्ष स्थानमा रहको छ भने नेपालले सबै खेल गुमाएर समुहको अन्तिममा रहेको छ । समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ ।
Comments
अरु समाचार
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश
कास्की । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...
-
‘त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान ठेक्का सम्झौता बदनियतपूर्ण’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा फ्लड लाइट जडानसम्बन्धी ठेक्का सम्झौता बदनियतपूर्ण भएको खुलासा भएको छ । युरोप...
-
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा रङ्गशालामा मैत्रीपूर्ण फुटबल
काठमाडौं । नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबिच दशरथ रङ्गशालामा फागुन ३ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ ।...
-
आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख
काठमाडौं । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेट: संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम राजधानीमा सम्पन्न भएको छ।...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
महिला टी-२०आई शृंखलामा नेपालको कमजोर प्रर्दशन, लगातार ६ खेलमा जितविहीन
काठमाडौं । काठमाडौंको क्रिर्तिपुरमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको...
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु
काठमाडौं । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना...
-
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार...