ताजा समाचार

महोत्तरीका विद्यालयमा पनि गर्मी बिदा

काठमाडौं । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ ।

जिल्लाको तापमान उच्च हुँदै गएको र त्यसबाट विद्यालयमा पढ्ने स–साना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित हुन थालेपछि नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी चार दिनका लागि गर्मी बिदा दिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिकाले पनि आजैदेखि लागू हुनेगरी आफ्नो नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले बताउनुभयो ।

उहाँले गाउँपालिकाका सबै विद्यालयमा आज र जेठ १८ गते गरी दुई दिन आकस्मिक बिदा गरिएको बताउनुभयो । साथै तापक्रममा अझै वृद्धि भए वा गर्मी बढी भएपछि पालिकाले पुनः बिदा थप गर्ने शिक्षा संयोजक साहले बताउनुभयो । महोत्तरीमा केही दिनदेखि निरन्तर रूपमा ४० डिग्रीभन्दा माथि तापक्रम, तातो हावा र ‘लू’ चलेर जनजीवन प्रभावित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org