उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी गराएको छ ।
प्योङयाङले दक्षिण कोरियामा सयौं ठुला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि जापानी क्षेत्रमा यो प्रहार गरेको हो । केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो ।
दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ । यसैबीच, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि ‘थप गैरकानुनी र अस्थिरकारी कार्यहरू’ रोक्न आह्वान गरेको छ ।
दक्षिण कोरियाली सेनाका उच्च पदस्थ अधिकारीका अनुसार प्योङयाङको सुनान क्षेत्रबाट बिहान करिब ६ बजे १४ मिनेटमा करिब दशवटा प्रक्षेपण गरिएको थियो र समुद्रमा खस्नुभन्दा पहिले करिब तीन सय पचास किलोमिटर उडेको अनुमान गरिएको थियो ।
दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणविरुद्ध निगरानी र सतर्कता अपनाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो ।
हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले दक्षिण कोरिया, जापान र अन्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँग नजिकबाट परामर्श गरिरहेको बताएको छ । “हामी उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणबारे सचेत छौं । संयुक्त राज्य अमेरिकाले यी कार्यहरूको निन्दा गर्दछ र स्थितिप्रतिको निगरानी जारी राख्नेछ ।” हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले भनेको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूसँग उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र उक्त क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
बन्धक रिहा नगरे गाजामा भीषण हमला गर्ने चेतावनी
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने...
-
स्टिल र एलुमिनियममा शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च...
-
मैले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको छु: ट्रम्प
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी...
-
अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या
काठमाडौं । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको...
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ...
-
एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा रोक लगाउन अमेरिकी अदालतको आदेश
न्युयोर्क। अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसेन्सी (डोग)लाई अर्थ मन्त्रालयको रेकर्डबाट दसौं लाख अमेरिकीको...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा
वासिङटन डीसी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको...
-
फिलिपिन्समा विमान दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ...