इरानमा राष्ट्रपतिपदको उम्मेदवारी दर्ता खुला
काठमाडौं । इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा अर्को महिना हुने राष्ट्रपतिपदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ ।
“राष्ट्रपति निर्वाचनका लागि स्थानीय समयअनुसार बिहान ८ बजेदेखि गृह मन्त्रालयमा उम्मेदवारी दर्ता सुरु भएको छ रराष्ट्रपतिपदका आकांक्षीलाई दर्ता गर्न पाँच दिनको समय दिइनेछ,” इरानी समाचार संस्था आईआरएनएले लेखेको छ । सन् २०२५ का लागि चुनाव हुने पूर्व निर्धारित कार्यक्रम भएपनि मे १९ मा रायसीको अप्रत्यासित निधनपछि निर्वाचन अघि सारिएको हो ।
उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा विमान दुर्घटनाग्रस्त हुँदा दिवङ्गत राष्ट्रपति राईसी र विदेश मन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित टोलीका सात सदस्यको मृत्यु भएको थियो । इस्लामी गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संविधानअनुसार ६८ बर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गर्नुभएको छ ।
सरकारी टेलिभिजनले बिहीबार जनाएअनुसार ‘करिब ३० जना’ उम्मेदवारका लागि आवेदन दिन अघि सरेको तर तीमध्ये कसैले पनि योग्यताका लागि आधारभूत शर्त पूरा नगरेको जनाएको छ । इरानको निर्वाचन कानुनअनुसार राष्ट्रपतिको उम्मेदवार हुनका लागि ४० देखि ७५ वर्ष उमेर समूहको कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको उम्मेदवार हुनुपर्नेछ ।
विगतका चुनावी चक्रहरूमा जस्तै इरानको प्रमुख राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने मुख्य उम्मेदवारले दर्ता प्रक्रियाको अन्त्यनजिक आफ्नो आवेदन पेश गर्ने अपेक्षा गरिएको छ । इरानी सर्वोच्च नेताद्वारा नियुक्त वा अनुमोदन गरेको १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले जुन ११ मा उम्मेदवारहरूको अन्तिम सूची घोषणा गर्नेछ ।
उक्त निकायले सन् २०२१ को राष्ट्रपतीय चुनावअघि धेरै सुधारवादी नेताहरूलाई राष्ट्रपतिका लागि अयोग्य घोषित गरेको थियो जसले अतिरूढिवादी रायसीलाई सत्तामा ल्याएको थियो ।त्यतिबेलाको चुनावमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।
इरानको कट्टर प्रतिद्वन्द्वी इजरायल र तेहरान समर्थित प्यालेस्टाइनी लडाकू समूह हमासबीच गाजा युद्ध चर्किरहेका बेला र इरानको आणविक कार्यक्रमलाई लिएर निरन्तर कूटनीतिक तनावबीच जुन महिनामा मतदान हुन लागेको छ ।
Comments
अरु समाचार
-
बन्धक रिहा नगरे गाजामा भीषण हमला गर्ने चेतावनी
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने...
-
स्टिल र एलुमिनियममा शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च...
-
मैले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको छु: ट्रम्प
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी...
-
अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या
काठमाडौं । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको...
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ...
-
एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा रोक लगाउन अमेरिकी अदालतको आदेश
न्युयोर्क। अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसेन्सी (डोग)लाई अर्थ मन्त्रालयको रेकर्डबाट दसौं लाख अमेरिकीको...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा
वासिङटन डीसी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको...
-
फिलिपिन्समा विमान दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ...