ताजा समाचार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४:४२ र डिजेलको मूल्य प्रतिलिटर २:४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org