ताजा समाचार

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल गरेका छन् । उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नै अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली र देउवासँग सामूहिक र नेपालसँग छुट्टै छलफल भएको जनाएको छ ।

सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले एकसाथ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका हुन् । एमाले अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दाका विषयमा छलफल भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org