जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् ।
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएका बताए ।
उनले भने, “जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयका कारण सृजित सङ्कटसँग नेपाललगायत सम्पूर्ण विश्वका अन्य मुलुक जुधिरहेका छन् । कसैको एकल प्रयासले यी सङ्कट समाधान हुन सक्दैनन्, सबै एकताबद्ध हुनुपर्छ ।”
राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यः भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’मा हाम्रा साझा चुनौती र अवसर समाहित भएका उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालको सङ्कट, जलवायु परिवर्तनको उच्च जोखिम तथा नेपाललगायत अन्य पर्वतीय मुलुकका जलवायुजन्य समस्या घटाउन व्यक्त गरेको विचार स्मर गर्दै राष्ट्रपति पौडेलले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपालमा यसबाट प्रभावित भएकामा चिन्ता व्यक्त गरे। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्न तथा त्यसका प्रभाव घटाउन विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका असर कम गर्न नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्य गर्दै आएको तथा यो विषय सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन भएको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सो कार्यक्रमका माध्यमबाट उच्च हिमशृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताए। उनले वातावरण संरक्षणसँगै चौतारी र पोखरीको संरक्षण आवश्यक भएको बताए।
राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपरणको शुभारम्भ गरेका थिए भने उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पनि बिरुवा रोपेका थिए ।
कार्यक्रममा मुख्यसचिव वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
रवि र छवि दुवैले थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले...
-
अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका गतिविधि विधिको शासनविरुद्ध भएको जनाएको छ...
-
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल...
-
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
काठमाडौं । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची,...
-
मुस्ताङबाट यस वर्ष ९२ करोड रूपैयाँकाे बढीको स्याउ निर्यात
गलेश्वर (म्याग्दी): स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात...
-
विश्व बैंकले रोजगारी सृजनामा सघाउने
वासिङ्टन: विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त...
-
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
इनरुवा (सुनसरी): वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी...
-
आजको राशिफलः २०८१ कार्तिक ८ गते बिहीवार
मेष: घरायसी आवश्यकता बढ्नाले सञ्चित रकम खर्चनुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुपर्नेछ ।प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।...
-
प्रधानमन्त्री ओलीले भने- सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ (सम्बोधन पूर्णपाठसहित)
काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै...