सडक दुघर्टना न्यूनीकरण गर्न सबैको साथ आवश्यकः मुख्यमन्त्री पाण्डे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको आयोजनामा आज तनहुँको शुक्लागण्डकी–४ दुलेगौँडामा भएको सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
“दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “त्यसैले दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशमा सचेतना फैलाउने कार्यमा प्रदेश सरकार जुटेको छ ।”
सवारी दुर्घटनामा ट्राफिक प्रहरीले कसरी घाइतेको उद्वार गर्छ भन्ने बारेमा नमूना अभ्यास गरिएको थियो । अभ्यासका क्रममा प्रहरी र स्थानीय सहभागी भएका थिए । दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्तिका लागि गर्ने आन्दोलनले असहज परिस्थिति सृजना हुनसक्ने समेत नमूना अभ्यासमा देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक समाज र विद्यार्थीलगायतको उपस्थिति थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले प्रहरीले जहिले पनि समाजमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको बताए। नेपालमा सडकको विकल्प नभएकाले सवारीसाधन दुर्घटना दर उच्च रहेको उनको भनाइ छ । मुलुकमा प्रत्येक वर्ष दुई हजार छ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने र १५ हजार घाइते हुने गरेको तथ्याङ्क उनले प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
काठमाडौँका ४६ स्थानबाट फूल किन्न पाइने
काठमाडौं । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको...
-
साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित...
-
विश्वकप लिग–२: नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आइसिसी विश्वकप लिग–२ का खेल खेल्न अमेरिकामा रहेको नेपाली राष्ट्रिय किक्रेट टोलीले आज आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग खेल्दैछ।...
-
बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
काठमाडौं । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल...
-
विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ बहस
काठमाडौं । निलम्बित मुख्यसचिव डा.बैकुण्ठ अर्याल जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई प्रतिवादीकातर्फबाट कानुन व्यवसायीहरूसँग अमेरिकाबाट भर्चुअल माध्यमबाट बहस गरेको...
-
कार्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु
काठमाडौँ: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ...
-
विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ
काठमाडौँ : विशेष अदालतमा पहिलो पटक अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान...
-
आजको राशिफल: २०८१ साल कार्तिक १३ गते मंगलवार
मेष : यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। स्वास्थ्य सबल बन्नुका...
-
अख्तियार विकासको बाधक हुँदैनः प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबैको साझा प्रयत्न आवश्यक...