मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुखहरु उपस्थित हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरेका छन् ।
प्रधानमन्त्री दाहाल र हसिना दुवैले यस अघि भारतीय प्रधानमन्त्री मोदीलाई १८ औँ लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाइ दिएका थिए ।
प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताए । कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागीताको पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री नरेन्द्र मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताएका छन्।
बङ्गलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ ।
समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताभए ।
हसिनाले भर्खरै बङ्गलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि बङ्गलादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिँदै भारत परीक्षित र वफादार छिमेकी भएकोले भारत र बङ्लादेशबीच राम्रो सम्बन्ध भएको उल्लेख गरेका थिए ।
सन् २०२४ को लोकसभा चुनावको मतगणना मङ्गलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।
अर्कोतर्फ, मुख्य विपक्षी काङ्ग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ ।
Comments
अरु समाचार
-
गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
काठमाडौं । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो
काठमाडौं । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु...
-
फिनल्यान्डमा दुई हेलिकोप्टर जुध्दा पाँच जनाको मृत्यु
काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्पको कदमलाई सर्वोच्चले लगायो ब्रेक
अमेरिकी सर्वोच्च अदालतले १८ औं शताब्दीको कानुन ब्युँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ।शुक्रबार सर्वोच्च अदालतले...
-
सगरमाथा संवाद काठमाडौंमा सुरु
काठमाडौं । । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।...
-
आपतकालीन गेट नखुल्दा बसभित्रै पाँच जनाको यात्रुको जलेर मृत्यु !
काठमाडौं । छिमेकी मुलुक भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी हुँदा पाँच जना यात्रुको जलेर मृत्यु...
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...