ताजा समाचार

टी–२० विश्वकपमा उपाधि दावेदर मानिएको टोली पाकिस्तान अमेरिकासँग पराजित

काठमाडौं । टि–२० विश्वकपमा उपाधि दावेदार टेस्ट टोली पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।

डालासस्थित ग्रान्ड पिएरे मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पाँच रनले पराजित भएको हो । समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको अमेरिका चार अङ्कसहित शीर्षस्थानमा छ । एसोसिएट टोली अमेरिकाको सुपर आठ पुग्ने सम्भावना बलियो बनेको छ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । पाकिस्तानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा अमेरिकाका एरोन जोन्सले ११ रन बनाए । जवाफमा पाकिस्तान १४ रनमा समेटियो ।यसअघि जितका लागि पाकिस्तानले प्रस्तुत गरेको एक सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए।एरोन जोन्सले अविजित ३६, एन्ड्रियस गाउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरदे १२ रन बनाए । बलिङमा पाकिस्तानका मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले एक एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । सदाव खानले ४०, शाहिन शाह अफ्रिदीले २३, इफ्तिकर अहमेदले १८ र फकहर जमतले ११ रन बनाए ।बलिङमा अमेरिकाका नोस्थुस केन्जिङ्गेले तीन विकेट लिउ । सौरभ नेत्रभाल्करले दुई तथा अली खान र जस्दीप सिंहले एक एक विकेट लिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org