मानव अधिकार आयोगद्वारा सुझाव सङ्कलन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज यहाँ सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रिय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो ।
आयोगका कामलाई थप प्रभावकारी बनाउन कानुन संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले सत्यको अधिकार, पीडितको परिपुरण र र मानव अधिकार रक्षाका लागि आयोगलाई स्वतन्त्र रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । ‘आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिन हामीले आजैबाट सङ्कल्प गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिँदैन ।’
आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्न कानुन संशोधन आवश्यक परेको बताउनुभयो । त्यसका लागि नेपालगञ्जबाट पहिलो पटक सुझाव सङ्कलन गरिएको उहाँको भनाइ छ ।’आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विधेयकलाई सुझावपछि संसदमा पेस गरिने सदस्य दुवाडीले बताउनुभयो । ‘विधेयक प्रस्तुत भइसकेपछि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो ।
आयोगका सचिव मुरारी खरेलले नयाँ मस्यौदा प्रस्तुत गरिसकेको जानकारी दिनुभयो । आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउन थप विषय समावेश गरिने उहाँले स्पष्ट पार्नुभयो । सुझाव सङ्कलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहिन सङ्घ बाँकेका अध्यक्ष भावुकजङ्ग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्धिकीलगायतले सुझाव दिनुभएको थियो ।
Comments
अरु समाचार
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
सेयर बजार परिसूचकमा सामान्य वृद्धि
काठमाडौं । आज बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा १.८६ अंक बढेर २६८५ अंकमा कायम भएको छ। आज परिसूचकमा सामान्य...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
सासूको हत्या आरोपमा बुहारी पक्राउ
काठमाडौं । सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको...
-
प्यालेस्टिनीलाई सार्ने कुरा ‘अरब विश्वका लागि अस्वीकार्य’
काठमाडौं । प्यालेस्टिलाई सार्ने कुरा ‘अरब जगतका लागि अस्वीकार्य’ हुने अरब लिगले जनाएको छ । अरब लिगका महासचिव अहमद अबुल...
-
खसीको भनेर बाख्राको मासु बेच्ने पक्राउ
काठमाडौं । खसीको भनेर बाख्राको मासु बेच्ने पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकबाट प्रहरीले...
-
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । लोकसेवा आयोगले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ। आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै जारी गरेको सूचनाअनुसार पाँचौं...