श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
काठमाडौं । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको सार्क सचिवालयले जनाएको छ । महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा गरेका थिए ।
सार्क अध्यक्ष नेपालसँगको परामर्शमा शिखर सम्मेलनलगायत अन्य उच्चस्तरीय बैठक यथाशीघ्र हुनेमा आफू विश्वस्त रहेको महासचिवले बताए ।
सार्क क्षेत्रका जनताको आशा र आकाङ्क्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति विक्रमासिङ्घेले सार्क प्रक्रियालाई पुनरुत्थानका निम्ति थप कदम चाल्न आवश्यक भएको बताए । उनले कोलम्बोमा सार्क सांस्कृतिक केन्द्र स्थापनाका लागि स्थायी स्थान उपलव्ध गराउन सहमति जनाउनुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति विक्रमासिङ्घेले सार्कप्रति श्रीलङ्काको प्रतिबद्धता दोहो¥याउँदै सार्क क्षेत्रमा दिगो र एकीकृत विकास हासिल गर्न तथा सङ्गठनका लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएका थिए।
Comments
अरु समाचार
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...
-
ट्रम्प र साउदी राजाबीच इतिहासकै ठूलो रक्षा सम्झौता !
वासिङ्टन डीसी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
-
बंगलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु !
काठमाडौं । बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार आइतबार...
-
रुस-युक्रेन युद्ध आज ११७४ दिन पूरा: ७३ नेपालीको मृत्यु, ५० जनाको रिपोर्ट आउँन बाँकी
काठमाडौं । २४ फेब्रुअरी २०२२मा सुरु भएको रुस युक्रेन युद्धबिचको युद्ध आज ११७४ दिन पूरा भएको छ । उक्त भयानक...
-
अमेरिका र चीनबीच आयातमा लगाइएको कर घटाउने सम्झौता
वासिङ्टन डीसी । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले...
-
छत्तीसगढमा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु, १४ जना घाइते !
काठमाडौं । भारतको अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।...
-
भारत–पाकिस्तान तनावका कारण बन्द भएका विमानस्थल खुल्न थाले !
काठमाडौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...
-
विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
काठमाडौं । विश्व क्रिकेट जगतका सर्वाधिक लोकपृय खेलाडी तथा भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। केही दिनअघि...