भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली जाने भएका छन्।
जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सका साथै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले भाग लिनेछन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गर्नुभएको थियो । यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र जी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ ।
विदेशसचिव क्वात्राका अनुसार प्रधानमन्त्री मोदीले आफ्ना इटालियाली समकक्षी जर्जिया मेलोनीसँग पनि द्विपक्षीय बैठक गर्ने अपेक्षा गरिएको छ ।
एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विदेश सचिव विनय क्वात्राले लगातार तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदीको यो पहिलो विदेश भ्रमण भएकाले महत्त्वपूर्ण रहेको बताएका छन् । “यसले उहाँलाई भारत र ग्लोबल साउथका लागि महत्त्वपूर्ण मुद्दाहरूमा जी–७ शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग सम्लग्न हुने अवसर पनि दिनेछ । यो जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ “, उनले भने।
क्वात्राका अनुसार जी–७ शिखर सम्मेलनमा विशेषत आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, अफ्रिका र भूमध्यसागरको अवस्थाबारे छलफल गरिनेछ । “जी–७ शिखर सम्मेलनमा भारतको नियमित सहभागिताले शान्ति, सुरक्षा, विकास र वातावरण संरक्षण लगायत विश्वव्यापी चुनौतिहरूको समाधान गर्ने प्रयासमा गरेको निरन्तर प्रयासहरूको बढ्दो मान्यता र योगदानलाई कदर गरिनेछ,” उनले थप बताए।
जनवरी १ मा इटालीले सातौँ पटक जी–७ को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत जी–७ सदस्य राष्ट्र हुन्।
सात सदस्य राष्ट्रका नेताहरू, साथै युरोपेली परिषद्का अध्यक्ष र युरोपेली सङ्घको प्रतिनिधित्व गर्ने युरोपेली आयोगका अध्यक्षले जी–७ शिखर सम्मेलनमा भाग लिनेछन्। भारत, टर्की र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसहित धेरै राज्यहरूलाई पनि इटालीले जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेको छ ।
Comments
अरु समाचार
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...
-
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महा अभियोग लगाउन अस्वीकार
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार...
-
अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।...
-
दक्षिण कोरियामा डढेलोका कारण चार जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलोका कारण चार जनाको मृत्यु भएको छ । त्यस्तै उक्त आगालागीमा परेर ६ जना...
-
अमेरिकाको न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । अमेरिकाको न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्...
-
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट
काठमाडौं । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले ८ हजार मिटर...
-
नाइजेरियामा सवारी साधन आपसमा ठोक्किँदा ६ जनाको मृत्यु
काठमाडौं । नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...