ताजा समाचार

ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं । ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।

गएराती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा पहिरोले घर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ७० वर्षिय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमति ४८ वर्षिया जसयमाया लिवाङ साम्रा लिम्बू र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षिया गंगा र जमुना रहेका छन्।

पहिरोले स्थानीय ४० वर्षिय युगेन लिम्बू र उनकी ३ वर्षिया छोरी घाईते भएको प्रहरीले जनाएको छ। सबैलाई मृत अवस्थामा फेला पारेको समेत डिएसपी रावलले बताए।

ताप्लेजुङमा बुधवारबाट लगातार वर्षा भइरहेको छ। बिहीवार मात्रै पहिरो तथा बाढीले पुल, ग्रामीण सडक र नदी तथा खोला तटिय क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार बगाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org