विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा
काठमाडौं । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘बी’बाट अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा प्रवेश गरेका छन् । सेन्ट लुसियास्थित डारने शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्यन्डलाई पाँच विकेटले पराजित गरेसँगै अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा पुगेका हुन ।
चार खेलमा आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अस्ट्रेलिया सुपर आठमा पुगेको हो भने समान खेल खेलेको इङ्ल्यान्ड पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्न सफल भएको हो । समान पाँच अङ्क बटुलेको स्कटल्यान्ड नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेपछि सुपर आठमा पुग्न असफल भयो । सोही समूहमा रहेका स्कटल्यान्डसहित नामिविया र ओमन भने विश्वकपबाट बाहिरिएका छन् ।
आजको खेलमा स्कटल्यान्डलेले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४९ बलमा पाँच चौका र चार छक्काको सहायताले ६८ रनको योगदान गरेका हुन् ।
मार्कस स्टोइनिसले २९ बलमा नौ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए भने टिम डेविडले अविजित २४ रन जोडे । ग्लेन म्याक्सवेलले ११ रन बनाए । स्कटल्यान्डका लागि मार्क वाट र स्याफन शरिफले समान दुईरदुई विकेट लिए भने ब्राड ह्विलले एक विकेट झारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकलमले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरेका हुन । कप्तान रिची बेरिङ्टनले ४२, ओपनर जर्ज मुन्सीले ३५ तथा म्याथु क्रसले १८ रन बनाए ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई विकेट लिँदा एडम जाम्पा, एस्टन अगर र नाथन एलिसले समान एकरएक विकेट लिए ।
Comments
अरु समाचार
-
फणीन्द्र देवकोटालाई सर्वोच्चको राहत, कारबाही रोक्न अन्तरिम आदेश
काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटालाई गरिएको कारबाही रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। देवकोटाले आफूविरुद्ध नेकपा...
-
२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द
काठमाडौं । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार,...
-
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ जारी
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि बहस भइरहेको छ । सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र...
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष...
-
आजदेखि मेलम्ची खानेपानी बन्द हुने
काठमाडौं । मेलम्ची खानेपानीको मुहान आजबाट बन्द हुने भएको छ । मेलम्ची नदिको बहाव बढेर धमिलो ेपानी आउन थाले पछि...
-
राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने
काठमाडौं । गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन...
-
डीआईजी पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस
काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ...
-
प्रतिनिधिसभाको बैठकमा आज सुरक्षित कारोबार विधेयक टेबुल गरिने
काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...