ताजा समाचार

मोहना नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

काठमाडौं । जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण अगाडि बढाइएको छ । कृष्णपुर–९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि उपभोक्ता समितिमार्फत पुल निर्माण अगाडि बढाइएको हो ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु ८५ लाख ७८ हजार एक सय ५७ र नगरपालिकाको रु १४ लाख २२ हजार सात सय ६६ को लागत साझेदारीमा पुल निर्माण भइरहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रकम बराबर स्थानीयले श्रमदान गर्ने छन् । निर्माण भइरहेको पुलको लम्बाइ एक सय १९ दशमलव ८० मिटर रहेको छ ।

पुल निर्माणका लागि आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरले गरिरहेको छ । नगरपालिका र उपभोक्त समितिबीच गत जेठ १ गते सम्झौता भई विसं २०८३ जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने समय निर्धारण गरिएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीले नदीमा पुल नहुँदा स्थानीयले हिउँदमा अस्थायी काठेपुल राखेर नदी ओहरदोहर गर्दै आएका बताउनुभयो । यहाँ झोलुङ्गे पुल निर्माण भएपछि स्था

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org