सहकारी छानबिन विशेष समितिको बैठक जारी
काठमाडौं । देशभरका समस्याग्रस्त सहकारीको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले गठन गरेको संसदीय समितिको बैठक जारी छ । आज बैठक बसेर छानबिनको काम थाल्ने तयारी छ । जेठ १५ गते गठन गरिएको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानबिन थाल्न लागेको हो ।
सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो । छासहकारी विभाग र सहकारी बोर्डसँग कागजपत्र मगाएर २९ वटा समस्याग्रस्त सहकारीको छानबिन सुरु गर्ने सहमति आइतबारको बैठकमा जुटिसकेको छ ।
समितिमा एमाले सांसद सरिता भुसाल, कांग्रेसकी ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान छन् । उनीहरू सबैको सहमतिमा कार्यविधि पास भएको कांग्रेस सांसद तथा समिति सदस्य बद्रीप्रसाद पाण्डेले बताए ।
आजको बैठकमा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारी, सहकारी विभाग र राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यलाई लगायतलाई छलफलमा बोलाइएको छ । सदस्य पाण्डेका अनुसार उनीहरूको कुरा सुनेर समाधानको उपाय बुझेपछि कार्यविधिअनुसार समिति अगाडि बढ्ने छ । ’नबिन समितिले आइतबार बैठक बसेर कार्यविधि पास गरेको र आजबाट वैधानिक रूपमा छानबिन सुरु हुने समिति सदस्य सरिता भुसालले बताइन् ।
Comments
अरु समाचार
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...
-
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने
काठमाण्डौ। केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा...
-
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई...
-
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य...
-
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री...
-
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान...
-
दुधको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई दुधको भुक्तानी गर्न बाँकी रहेको रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरी उद्योगहरूलाई निर्देशन...