दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो।
‘ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन ‘, स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताउनुभयो । आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ।
आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन । कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित
काठमाडौं । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून...
-
भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते
काठमाडौं । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ...
-
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता
काठमाडौं । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना...
-
अमेरिकामा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त, ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति
न्युयोर्क । लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति...
-
युक्रेनमा उत्तर कोरियाको संलग्नताले क्षेत्रीय सुरक्षा जोखिम बढाउँछ : विश्लेषक
मस्काे । युक्रेनविरुद्धको युद्धमा रूसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि...
-
इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर...
-
पूर्वी लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौं । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको...
-
राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका...
-
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
काठमाडौं । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू...