ताजा समाचार

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा अख्तियारको छानबिनमा रहेकाहरुको जमघट

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल र ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सचिवको भूमिकामा थिए । टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमितता जोडिएका जोडी हुन् ज्ञानेन्द्र-बैकुण्ठ । तत्कालीन सञ्चारमन्त्री कार्कीको ललितपुरको भैंसेपाटीस्थित घरमा टेरामक्सदेखि बिलिङ सिस्टमसम्म घोटालामा जोडिएका भीआईपीहरु मंगलबार साँझ जमघट भएको हो ।

पूर्वमन्त्री कार्कीकी आमाको जन्ममदिन पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायरामा रहेका व्यक्तिहरूको जमघट भएको हो । उक्त जमघटमा मुख्यसचिव डा.अर्याल, पूर्वरक्षा सचिव रेश्मिराज पाण्डे, लोकसेवा आयोगका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं, पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंहलगायतका व्यक्ति सहभागी थिए ।

पूर्वमन्त्री कार्कीले आमाको वर्थ डेुको उपलक्ष्यमा आफन्तलाई बोलाएको दाबी गरेका छन् । तर, उपस्थित व्यक्तिहरु हेर्दा उनको परिवारसँग गोरू बेचेको साइनो पनि देखिँदैन । बरु अख्तियारको छानबिन दायरामा रहेकाहरुको संगठित मुलकात जस्तो देखिन्छ ।

मुख्यसचिव डा. अर्याल टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमिततामा कार्कीसँगै अख्तियार धाइरहेका व्यक्ति हुन् । पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंह, सहसचिव खत्रीको अख्तियारमा आधा दर्जन उजुरी छन् । उपेन्द्रकान्त व्यापरी उपेन्द्र महतोका मित हुन् । महतोले मुख्यसचिव अर्याललाई जोगाउने काम गरिरहेका छन् ।

पूर्वरक्षा सचिव पाण्डेले ज्ञानेन्द्रका भाइ लोकेन्द्रलाई रक्षामा हुँदा करोडौंका ठेक्का मिलाइदिएका व्यक्ति हुन् । महेन्द्र कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्ष हुन् दौडिरहेका छन् । अख्तियारको छानबिन दायरामा रहेका यिनीहरु पूर्वमन्त्री कार्कीको घरमा रणनीति बनाउन भेला भएको पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org