ताजा समाचार

बजेटबारे छलफल चल्दा संसद्‍का आधा कुर्सी रित्तै

काठमाडौं । गत जेठ १५ गते पेश भएको विनियोजन विधेयक-२०८१ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफल जारी छ । प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल चलिरहँदा सांसदहरूको उपस्थिति भने नगन्य देखिएको छ ।
बजेट जस्तो गम्भीर विषयमा छलफल चलिरहँदा बुधबार प्रतिनिधि सभा बैठकमा आधाभन्दा धेरै कुर्सी रित्ता देखिए । सांसदहरूले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफललाई गम्भीरतापूर्वक नलिँदा उपस्थिति पनि कम देखिएको हो । प्रतिनिधिसभाको बैठक चल्दै गर्दा बुधबार सांसदहरूको उपस्थिति निराशाजनक देखिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org