ताजा समाचार

पोखराकाे रानीवन रिट्रिटको अफर, ५० प्रतिशत छुटमा कोठा

काठमाडौं । मनसुन सुरु भएसँगै पोखरास्थित रानीवन रिट्रिट रिसोर्टले ग्राहकलाई लक्षित गर्दै विषेश अफर ल्याएको छ । आकर्षक मनसुन मार्वल प्याकेज रानीवन रिट्रिट अफरअन्तर्गत होटलका कोठामा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

होटलले जेठ, असार र साउनका लागि विशेष छुट प्याकेज ल्याएको छ। होटलले सोमबारदेखि बिहीबारसम्मका लागि ५० प्रतिशत छुटसहित ६ हजार रुपैयाँमा कोठा उपलब्ध गराउने भएको छ। शनिबार र आइतबार यस होटलमा बस्न चाहाने ग्राहकले २५ प्रतिशत छुटसहित ९ हजार रुपैयाँमा कोठा प्राप्त गर्न सक्ने छन्।

कोठासँगै होटलले आवगमन दिनमा अतिरिक्त स्न्याकसमेत उपलब्ध गराउने जनाएको छ। आगामी तीन महिनामा होटलले खानामा १५ प्रतिशत र पेयपदार्थमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । होटलले ८ वटा नयाँ प्रिमियम कोठा र नयाँ स्वमिङ पुल थप गरेको जनाएको छ। उक्त स्वमिङ पुलबाट अन्नपूर्ण हिमाल र फेवा तालको मनोरम दृश्य अवलोकन गर्न सकिने होटलले जनाएको छ। यसका साथै यस होटलले हाउस आयुर्वेदिक स्पा र बहुप्रयोजन सहितको योगा स्टुडियो निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org